Logo
११ बैशाख २०८१, मंगलबार
(November 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राविधिक तालिमको नाममा उच्च कर्मचारी नै विदेश घुमघाममा मस्त

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नाममा विदेश घुमघाममा मस्त रहेको पाइएको छ । मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो ।

लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा मन्त्रीका पिए, मन्त्रालयका असम्बन्धित फाँटका उच्च तहका कर्मचारी आफै गएका हुन् ।

स्रोतका अनुसार मन्त्रालयका प्रवक्तासमेत रहेका प्रशासन महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली र यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललगायतका उच्च अधिकारी विदेश भ्रमणमा रहेका छन् । राजधानी दैनिकबाट साभार ।

प्रकाशित मिति: Nov 9, 2019

प्रतिक्रिया दिनुहोस्