Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छ्ठलाई राष्ट्रिय चाडको स्वरुप : राष्ट्रपति-उप राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ्य अर्पण

देशको तराई-मधेशमा बसोबास गर्ने नागरिकद्वारा थालनी भएको छठको रौनक दिनानुदिन बढ्ने क्रममा रहेको छ भने यसलाई राष्ट्रिय चाडको स्वरुपमा मनाउन थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ ।

भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ । सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मन्त्रीपरिषद्का सदस्यहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गर्नु भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै सुरु भएको छठ पूजा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा आराधनापछि अर्घ्य दिइन्छ ।

छठ पर्वका अवसरमा देशैभरिका पोखरी, ताल र नदीमा श्रद्धालुको उपस्थिति हुने गरेको छ ।

प्रकाशित मिति: Nov 2, 2019

प्रतिक्रिया दिनुहोस्