Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ को मृत्यु, ४ जना गम्भीर घाइते

साउदी अरेयिबाको अल-अखल क्षेत्रमा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा दुर्घटना भएको छ । उक्त घटनामा ३५ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ करिब ७ बजे अल-अखल क्षेत्रमा बस दुर्घटना भएको थियो । बसमा ३९ जना रहेकोमा ३५ जनाको ज्यान गएको हो । अन्य ४ जना गम्भीर घाइते भएको मदिना प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् । घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्