Logo
११ बैशाख २०८१, मंगलबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन

सर्बिया :  अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधि नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रबर्द्धन सामाग्री हस्तान्तरण गरिएको हो ।

आईपीयूमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल बेलग्रेडमा छ । सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल भ्रमणका लागि सहभागीहरुलाई निम्ता गरेका छन् ।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी रहेका छन् । त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी छन् ।

नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य भएको आईपीयूको १४१ औं सम्मेलन अक्टोबर १७ सम्म चल्नेछ ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्