Logo
१२ बैशाख २०८१, बुधबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्बिनी भ्रमण गर्न अभिप्रेरित गराउँनेछ’

काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्बिनीको भ्रमण गर्न अभिप्रेरित गर्ने अपेक्षा रहेको बताएका छन् ।

उनले राष्ट्रपति सीको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिएका भएको प्रत्येक ‘स्टेटमेन्ट’ले सो भ्रमण वर्षलाई प्रवर्द्धन गर्न सघाउ र्पुयाउने विश्वास व्यक्त गरे ।

मंगलबारदेखि काठमाण्डौमा सुरु भएको ‘दोस्रो चीन-दक्षिण एसिया सम्मेलन’को उद्घाटन सत्रमा उनले चीन र दक्षिण एसियाका विद्धान साहित्यकारहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग र्पुयाउने बताए ।

कार्तिक ३ गतेसम्म चल्ने सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायतका देशका प्राज्ञहरुले १६ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन पहिलो पटक गएको वर्ष चीनको छेन्दु सहरमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्