Logo
१३ बैशाख २०८१, बिहीबार
(October 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा विष्फोटक पदार्थ बरामद

मोरङ/प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो ।
मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ गरिएको बताए ।
उनका अनुसार प्रहरीले समूहले तयार पारेको सहयोग रसिद र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको छ ।
यसअघि १२ साउनमा झापाको इलाका प्रहरी कार्यालय, विर्तामोडले झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो । त्यसक्रममा २ सय ५ लोला विष्फोटक पदार्थ बरामद भएको थियो । दुवै अपरेशनमा १ नं. प्रदेश प्रहरी कार्यालयको सहयोग थियो । यसैगरी
मोरङको बुढीगंगा गाँउपालिकाको एक स्थानियको घरबाट प्रहरीले रिमोट कन्ट्रोल जडित बम बनाउन प्रयोग हुने बिस्फोटक पदार्थ बरामद गरेको छ ।
बुढीगंगा गाँउपालिका ७ मझुवाका बालकुमार डागीको घर पछाडीको केराघारीको जमिनमा गाडेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार राती बिस्फोटक पदार्थ बरामद गरेको हो ।
प्रहरीले सो स्थानबाट निकोल्स ९ जिलेटिन ३२ थान, क्याप र रिमोट बरामद गरेको छ । साथै डागीको घरबाट विप्लव समूहको पर्चा समेत बरामद गरेको बताइएको छ ।
डागीलाई समेत नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

प्रकाशित मिति: Oct 5, 2019

प्रतिक्रिया दिनुहोस्