Logo
१३ बैशाख २०८१, बिहीबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुलाघाट नाका आजदेखि बन्द, भारतबाट घर फर्किने नेपालीलाई समस्या

नेपाल : भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।

भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।

आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख(असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।

उक्त नाका असोज २७ गते साँझ ५.१५ बजेदेखि असोज २९ गते साँझ सवा ५.१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्