Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी फिल्ममा चुम्बन र बेडसिनको दृष्य नदिने : राखी सावन्त

बलिउडकी चर्चित आइटम गर्ल राखी सावन्तले आगामी फिल्ममा चुम्बन र बेडसिनको दृष्य नदिने बताएकी छन् ।

राखीले केही समय अगाडि गोप्य रुपमा एनआरआइसँग बिबाह गरेकी थिइन् । भारतीय मिडियासँग भएको एक अन्तर्वातामा कुरा गर्दै आफू अब विवाहित भएको र त्यस्ता दृष्यहरु दिन नमिल्ने बताएकी हुन् ।

बलिउडमा उत्तेजक हाउभाउबाट नै चर्चामा आएकी राखी आफैले हनिमुनका तस्वीरहरु सार्वजनिक गरेपछि उनको विवाहको खबर बाहिरिएको थियो । उनले भनिन्, पहिला म एक्लो थिएँ । जे गरे पनि आफ्नो रुचीले गर्थेँ । अहिले म बिबाहित छु । मेरो श्रीमानलाई आपत्ती लाग्ने कुनै दृष्यहरुमा काम गर्नेछैन ।’

उनी भन्छिन्, ‘कुनै पनि चलचित्रबाट अफर आयो भने श्रीमानलाई सल्लाह लिएर काम गर्छु । मलाई श्रीमानले धेरै माया गर्नुहुन्छ । त्यसैले मैले पनि उहाँको चित्त दुखाउन हुन्न ।’

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्