Logo
६ बैशाख २०८१, बिहीबार
(September 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीको मिसेज तिज २०७६ को उपाधी सुमि शर्मा लाइ

सुनसरी/ सुनसरीको दुहवी पाटी प्यालेसमा सोमवार तिजको अवसरमा दुहबी जेसिजको आयोजनामा भएको दुहबीको मिसेज तिज २०७६ को उपाधी सुमि शर्माले हात पारेकी छिन ।

उनलाई दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले ताज सहित ट्रफि, ११ हजार एक सय नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको थियो । उपाधि सहित सुमि शर्मालाइ दुहवी नगरपालिकाको २०७६ सालको सदभावना दुत बनाइने नगर प्रमुख गच्छदारले बताउँनुभयो ।

यसैगरी दोस्रोमा सुनिता बिश्वास र तेस्रो गायत्री ढकाल भएकी छिन । उनिहरुलाइ क्रमस ८ हजार, ५ हजार नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको
थियो । मेयर गच्छदारले सबै सहभागि प्रतियोगिलाइ शुभकामना दिनु हुँदै तिजको पौराणिक महत्वको वारेमा चर्चा गर्नु भएको थियो ।
त्यसैगरि अन्य ६ ओटा बिधामा समेत पुरस्कार प्रदान गरिएको थियो ।
वेस्ट पर्सनाल्टीमा सोनी श्रेष्ठ, वेस्ट हेयरमा पार्वती पासवान, वेस्ट इस्माइलमा रिजु भट्टराई, वेस्ट ड्रेसमा सुस्मीता खवास, वेस्ट मेकअपमा आस्मा भट्टराई, वेस्ट वाकमा अन्जना थपलिया रहेकी थिइन ।
उनिहरुलाइ उपाधि सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यसैगरि दर्शक सहभागिबाट वेस्ट डान्सरमा पहिलो हुँने एन्जीला गिरी, दोश्रो हुँने कविता रेग्मी र तेश्रो हुँने एलिसा ढकाललाइ समेत पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति: Sep 2, 2019

प्रतिक्रिया दिनुहोस्