Logo
१५ चैत्र २०८०, बिहीबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती

सांकेतिक तस्बिर

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति ८/९ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा-३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखौँको धनमाल लुटेर लगेका छन् ।

उनका अनुसार आधा घण्टाको समयभित्र सोनौलका रामलोचन राउत र सियारामशरण राउतको घरबाट डाकाको समूहले नगद रु २ लाख ५० हजार, ६ तोला सुनका गरगहना, ६० तोला चाँदीका गरगहना, मोबाइल तथा अन्य धनमाल गरी रु १० लाख बढीको धनमाल लुटेर लगेका हुन् ।

साथै डाकाको प्रतिकारमा उत्रेका धरमूली रामलोचन राउतको बाँया खुट्टामा बञ्चरोले काटेर उनलाई घाइतेसमेत बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । राति नै डकैतीको सूचना पाएलगत्तै प्रहरीचौकी इटहर्वाकट्टी र इलाका प्रहरी कार्यालय बलवाबाट प्रहरी टोली घटनास्थल पुगे पनि डाकाले सबैथोक लुटपाट गरेर भागिसकेका थिए ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्