Logo
७ बैशाख २०८१, शुक्रबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालय समयमा महोत्तरीका मालपोत कार्यालय प्रमुख रक्सीले मातेपछि …

महोत्तरी : महोत्तरीका मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यालय समयमा रक्सी पिएर मातेका कार्यालय प्रमुख बोगटीलाई प्रहरीले शुक्रबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

कार्यालय समयमा बोगटी रक्सी पिएर मातेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए ।

सेवाग्राहीको सूचनापछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

पक्राउ परेका कार्यालय प्रमुख बोगटीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उपरीक्षक अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्