Logo
१५ चैत्र २०८०, बिहीबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित हास्य अभिनेता वेणु माधवको निधन

चर्चित तेलुगु कमेडियन वेणु माधवको ३९ वर्षको उमेरमा निधन भएको छ । हैदराबादस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको होे ।

लिभर र र किडनीका बिरामी उनको अवस्था जटिल भएपछि मंगलबारै अस्पतालमा भर्ना गरिएको थियो । तेलुगु देशम पार्टीका प्रमु तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडु ट्विट गर्दै उनको निधनमा शोक व्यक्त गरेका छन् ।

उनको अन्तिम संस्कार सम्बन्धी जानकारी दिइएको छैन । वेणु माधवका सञ्चार सहयोगी वामसी काकाले ट्विट गर्दै भनेका छन्, ’अभिनेता वेणु माधव अब हाम्रो बीचमा रहेनन् ।

चिकित्सकका अनुसार वेणुले बुधबार मध्यान्ह १२ बजे अन्तिम श्वास लिए । वेणु माधवको आकस्मिक निधनको खबरले पुरै टलिउडमा शोक छाएको छ । वेणुका फ्यान अहिले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।

आन्ध्र प्रदेशको नलगोन्डा जिल्लास्थित कोडाडमा वेणु माधव एक मिमिक्री कलाकारका रूपमा आफ्नो करिअर शुरू गरेका थिए । त्यसपछि उनले एक कमेडियनका रूपमा फिल्ममा पाइला राखे । उनले फिल्म सम्परादयमबाट तेलुगु फिल्ममा इन्ट्री मारेका थिए । यो फिल्म १९९६ मा रिलिज भयो ।

उनले तमिल र तेलुगुमा लगभग २०० फिल्ममा अभिनय गरेका छन् । उनको अन्तिम फिल्म डा. परमानन्दाय स्टुडेन्टको २०१६ मा सुटिङ भएको थियो । जुन अहिलेसम्म रिलिज भएको छैन ।

पछिल्ला केही सालदेखि वेणु माधवले राजनीतिमा पनि रुचि देखाए । उनले तेलुगु देशम पार्टीका लागि चुनाव प्रचार पनि गरेका थिए । आन्ध्र प्रदेशमा जन्मिएका उनी पछिल्लो समय तेलंगानाको सुर्यपेट जिल्लामा बस्दै आएका थिए ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्