Logo
१३ बैशाख २०८१, बिहीबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरले फेरि सम्हाले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आज (सोमबार) बाट फेरि महन्थ ठाकुरले सम्हालेका छन् । गत साउन ४ र ५ मा जनकपुरमा बसेको बैठकले राजकिशोर यादवलाई साउन ६ देखि संयोजकको जिम्मेवारी दिएको थियो ।

सो जिम्मेवारी सकिएलगत्तै पार्टीको अध्यक्ष मण्डलको संयोजक ठाकुर भएका हुन् । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वावाना पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भइ राजपा गठन भएको थियो ।

पार्टी गठनसँगै चक्रीय प्रणाली अनुसार संयोजक हुने निर्णय भएको थियो । सो निणर्य अनुसार दुई-दुई महिनामा पालैपालो संयोजक हुँदै आएका थिए ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्