Logo
६ बैशाख २०८१, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संचारकर्मी दिनेश डिसी ‘प्रबल जनसेवा श्री’ बाट सम्मनित

काठमाडौँ :  राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवा श्री मानपदवी यो बर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको छ ।

अवार्ड पाऊनेमा नेपाल चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष, सिनेमा सर्कल नेपालका अध्यक्ष समेत रहेका आवाजको दुनियाको साथी ऊपनामले चिनिने कलाकार, चलचित्र निर्देशक एंव रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसी, नायक निखिल ऊप्रेती, नायीका श्वेता खड्का, वरिष्ठ कलाकार वसुंधरा भुशाल, भुवन चन्द, शुरेश अधिकारी, स्व खुशीराम पाख्रिङ, नारायण देवी प्रधान, एक नारायण भण्डारी आदि रहेका छन् ।

नेपाल सरकारको नियम बमोजिम ५ प्रकारका जनसेवा श्री पदक हुने गर्दछन् ।
(क) प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री ।
(ख) द्वितीय श्रेणी – प्रसिद्ध प्रबल जनसेवा श्री ।
(ग) तृतीय श्रेणी – सुप्रबल जनसेवा श्री ।
(घ) चतुर्थ श्रेणी – प्रबल जनसेवा श्री ।
(ङ) पञ्चम श्रेणी – जनसेवा श्री ।

यसमध्ये अधिकॉस कलाकार क्षेत्रका ब्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको प्राप्त गरेका हुन् । जनसेवाश्री मानपदवी चतुर्थ श्रेणी प्राप्त गरेका दिनेश डिसी सरकारबाट सर्प्राईज खुशी मिलेको बताउँछन् ।

कस्तो हुन्छ प्रवर जनसेवा श्री मानपदवी ?

यस मानपदवीको प्रतीक समूहमा मण्डन र पट्टिका हुनेछन् ।
(क) मण्डन :  यो मण्डनको अग्रभाग अष्टकोणयुक्त हुनेछ । यसको व्यास ७ सेन्टिमिटरको हुनेछ । चारवटा कोणहरुमा ७ -७ वटा चाँदीका किरणहरु हुनेछन् । चारवटा कोणहरुमा ३-३ वटा चारपाटे चाँदीका किरणहरु हुनेछन् । किरणहरुको मध्यभागमा ३.६ सेन्टिमिटर व्यास भएको बाहिरी वृत्त र २.४ सेन्टिमिटर व्यास भएको भित्री वृत्त हुनेछन् ।

बाहिरी वृत्तभित्र रातो मिनामा वृत्तको माथिल्लो भागमा यस मानपदवीको आदर्श वाक्य “सेवा नै परम धर्म” र तल्लो भागमा यस मानपदवीको नाम “जनसेवाश्री” लेखिएको हुनेछ । मध्यभागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा अंकित हुनेछ । यो मण्डन पट्टिकाको साथमा लगाइनेछ ।

(ख) पट्टिका : पट्टिका स् पट्टिका स् रेशमले बनेको यो पट्टिकाको चौडाई ३.८ सेन्टिमिटर हुनेछ । बीचमा पहेलो, पहेलोको
दायाँबायाँ रातो र रातोको दायाँबायाँ सेतो धर्काहरु र दुवै किनारामा निलो धर्काहरु हुनेछन् ।

संविधान दिवसको अवसरमा पदवी पाऊने सम्पुर्ण कलाकार तथा अन्य क्षेत्रका सम्पुर्ण ब्यक्तित्वहरूमा हार्दिक बधाई एंव शुभकामना ।

जनसेवा श्री तेस्रो र चौथो पाऊने कलाकारिता क्षेत्रका प्रतिनिधिहरू

भुवन चन्द
बसुन्धरा भुसाल
भैरव बि थापा
नारायण देवी प्रधान
दिनेश डिसि
मनोज गजुरेल
निखिल उप्रेती
बद्रि पंगेनी
धिरज राई
जसमाया गुरुङ
टंक आचार्य
नारायण ओली
स्वेता खड्का
राम कृष्ण दुवाल
चेत नारायण राई
सुरेश अधिकारी
एकनारायण भण्डारी
धर्मराज गुरुङ
शान्तिराम राई

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्