Logo
१५ चैत्र २०८०, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्मी फ्राइडे : देशभर ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज

काठमाडौँ :  आज फ्राइडे रिलिज अन्तर्गत दयाहाङ र उपासनाको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हिट फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेल हो । ‘कबड्डीले राम्रो दर्शक पाएपछि ‘कबड्डी कबड्डी कबड्डी’ले एकल प्रदर्शन अवसर पाएको हो ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले देशभरका मल्टीप्लेक्स र सिङ्गल थियटर दुबै कब्जा गरेको छ । मल्टीप्लेक्समा यो फिल्मलाई अहिलेसम्मकै सर्वाधिक सोज दिइएको छ ।

बिहिबार साँझ जय नेपाल चलचित्र भवनमा फिल्मको प्रिमियर समेत गरिएको थियो । कलाकार र रङ्गपत्रकारको बाक्लो उपस्थिती रहेको प्रिमियरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए ।

स्वजातीय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ ।

बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।

दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्