Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् प्रेमका प्रकार : कुन प्रेममा देखिन्छ कस्तो स्वभाव ?

हरेक प्राणी चाहे त्यो मानिस होस् वा पशुपन्छी सबैमा प्रेमको भाव हुन्छ । तर प्रेम कुन प्रकारको हो भन्ने फरक पार्न सक्छ । प्रेम मष्तिकले होइन, मनले आफै गर्छ । यदि मष्तिकले गरिएछ भने त्यो बनावटी र देखावटी हुन्छ ।

तसर्थ प्रेम कसैले लाएर अथवा धमकाएर गरिने होइन । मनको प्रेम आफैमा स्वाधिन हुन्छ । जसमा प्राणीको भावना बढी महत्वपूर्ण हुन्छ । तर मानिसमा हुने प्रेममा आजभोलि महसुस भन्दा पनि स्वार्थ जोडिन थालेको छ ।

जान्नुहोस् केही प्रेमका प्रकारहरु –

१.  आर्कषण प्रेम :
आर्कषण प्रेम भनेको कोही मानिस देख्नासाथ मन पर्ने र उनीहरुसँग एकै भेट वा हेराइमा नै हुने प्रेम हो । यस्तो प्रकारको प्रेम किशोर अवस्थाबाट युवा अवस्थामा बढी हुन्छ । तर यो प्रेम धेरै लामो समय टिक्दैन ।

२.  आत्मीय प्रेम :
आत्मीय प्रेममा भावनाको मोल बढी हुन्छ । यो प्रेम आफन्त तथा साथीभाइसँग हुने गर्दछ । यो प्रेममा शारीरिक आकर्षणले कुनै फरक पार्दैन । कसैको काम वा भनाइ तथा व्यवहारले आर्क्षित हुँदै गएपछि वा लामो समयसम्म संगत गरेपछि छुट्न नसक्ने गरी परेको प्रेम नै आत्मीय प्रेम हो ।

३.  बन्धन प्रेम :
प्रेममा पर्न हतार हुने तर एकअर्काबीच नजिकिएपछि पश्चाताप वा दुखी हुने प्रेम ‘बन्धन प्रेम’ हो ।

बाध्यताका कारणले नजिकिएका र नचाहँदा नचाहादै पनि प्रेममा परेकामा यो समस्या बढि मात्रामा देखिन्छ । कतिपय अवस्थामा मागी विवाह गर्नेहरुको हकमा आफ्नो श्रीमान् वा श्रीमतीसंग बिस्तारै वितृष्णा हुने प्रेम पनि यही वर्गमा पर्दछ ।

४.  पागलपन प्रेम :
पागलपन प्रेममा परेकाहरु आफ्नो जोडी बाहेक अरु कसैको मतलब गर्दैनन् । उनीहरु प्रेममा यदि डुबेका हुन्छन् कि जस्तो सुकै जोखिम उठाउनुलाई नै प्रेम भएको मान्दछन् ।

यस्तो प्रेममा पर्नेहरु जात, परम्परा तथा रीतिथितीलाई समेत मान्दैनन् । तर यस्तो प्रेममा परेकाहरु इष्र्यालु स्वभावका हुने गर्दछन् ।

५.  एकतर्फी प्रेम :
एकतर्फी प्रेम भनेको मनको कुरा मन पराइएको मानिसलाई भन्न नसक्ने अवस्थामा भएकालाई भनिन्छ ।

यस प्रकारको प्रेममा मात्र पीडा हुन्छ । मनको कुरा अभिव्यक्त गर्न नसक्नु यस प्रकारको प्रेमको सबैभन्दा ठुलो कमजोरी हो । एकतर्फी प्रेममा पर्नेहरु साहित्यको नजिक हुन्छन् । अधिकांश यस्तो प्रेम वियोगमा टुगिंने गर्दछ ।

६.  मतलबी प्रेम :
मतलबी प्रेम त्यस्तो प्रेम हो, जहाँ निकै खतरा हुन्छ । यस प्रकारको प्रेममा आफ्नो स्वार्थसंग मात्र मतलब राखिन्छ ।

उनीहरु मन पराएको भनिएको मानिसबाट आफ्नो चाहाना सिद्ध गर्न मात्र चाहानछन् । कतिपय अवस्थमा प्रेम स्वीकार नगरेकासँग बदला लिन गरिने प्रेम पनि यही प्रकारमा पर्दछ ।

यस प्रकारको प्रेम सबैभन्दा घृणित प्रेम हो । जहाँ अन्त्यमा धोका दिने गरिन्छ । यो प्रकारको प्रेम आजकाल अधिकाशं मानिसमा हुने गर्दछ ।

७.  रोमाञ्चित प्रेम :
रोमाञ्चित प्रेममा सबै प्रेमका प्रकार भन्दा खतरनाक मानिन्छ । खतरा यस मानेमा कि रोमाञ्चित प्रेममा डुब्नेहरु बाह्य प्रभावको ख्याल गर्दैनन् ।

यस प्रकारको प्रेम भावनाको कारणले भन्दा पनि शारीरीक आर्कषण र आवश्यकताका कारण हुने गर्दछ । विशेषत रोमाञ्चित प्रेम विवाहपछि हुने गर्दछ । यसले शारीरीक संबन्धको आवश्यकता हटाउने मात्र काम गर्छ ।

८. लामो प्रेम :
प्रेममा परेको लामो समयसम्म पनि जे सुकै भएपनि प्रेम टिकाइ राख्नेको प्रेम नै लामो प्रेम हो । प्रेममा परेको समयमा आएका अनेकौं अप्ठेरा, दुःख, कष्ट तथा व्यवधान सहेर केही जोडी आफ्नो प्रेम सफल पार्न लागि पर्छन् ।

उनीहरुको प्रेम अन्ततः विवाहमा परिणत हुन्छ । यस्तो प्रेम निकै बुढेसकालसम्म पनि लाभदायी र एकअर्काप्रति समर्पित मानिन्छ ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्