Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँके घटनालाई लिएर काँग्रेस र नेकपा सांसदबीच चर्काचर्की, संसद बैठक स्थगित

काठमाडौँ : बाँके घटनालाई लिएर प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच चर्काचर्की परेको छ ।

काँग्रेसले बेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख कृष्ण बहादुर महाराले संसद बैठक असोज १ गतेसम्मका लागि स्थगित गरेका छन् ।

काँग्रेस सचेतक पुष्पा भुसालले बाँके घटनाको बारेमा आफ्नो धारणा राखे लगत्तै नेकपाका सांसद नन्द लालले नगरपालिका-१ का वडाध्यक्ष सुमन मल्लको कुनै संलग्नता नरहेको भनेपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

लालले काँग्रेसको कार्यक्रमा कुनै धक्कामुक्का नभएको र काँग्रेस बाँके जिल्ला सभापतिमाथि कुनै आक्रमण नभएको दाबी समेत गरेका थिए ।

लालले काँग्रेस आन्दोलनमा उत्रिए नेकपा पनि आन्दोलनमा उत्रिन तायर रहेको भनेपछि काँग्रेस सांसदहरु बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्