Logo
१३ बैशाख २०८१, बिहीबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकले कडा नियम ल्याउँदै : जथाभाबी र सत्यता नभएका पोष्टलाई तुरुन्तै ब्लक गरिने

तपाई फेसबुक कतिको चलाउनुहुन्छ, त्यसमाथि कतिको पोष्टहरु राख्नुहुन्छ ? अब सावधान हुनुहोस् कुने पनि कुरा पोष्ट गर्दा अलिक विचार पुर्याउनुहोला किनकि फेसबुकले कडा नियम लागू गर्न गइरहेको छ । फेसबुकले अब कडा नियम ल्याएको छ, जथाभाबी झुठो पोष्ट गर्ने व्यक्तिलाई फेसबुक व्यवस्थानले कारवाही गर्ने भएको छ ।

फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउन गइरहेको छ । फेसबुक व्यवस्थानले पोस्ट गरिने आपत्तिजनक सामग्रीका खिलाफ कडा पाइला चाल्न गइरहेको छ । अब सत्यता नभएको तपाईले पोस्ट गरेको सामग्री फेसबुकमा पोस्ट नै हुने छैनन्, फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ ।

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन् । यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौँ । हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ ।

फेसबुकले हालै आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरेको छ । फेसबुक व्यस्थापनले जानकारी दिएअनुसार अब पोस्टको सत्यता निरूपणका साथै यसले ३ वटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’ ।

फेसबुक मञ्चलाई सुरक्षित बनाउन यस्तो गर्न लागिएको हो । बिकर्ट भन्छिन, ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तुरुन्तै हटाइनेछ ।

केहि दिन पहिला गूगलले पनि आफ्नो ‘कन्टेट सर्च पोलिसीमा परिवर्तन गरेको थियो । यस अनुसार अब गूगलमा ‘सर्च’ गर्दा सबैभन्दा पहिला (सबैभन्दा माथि) ती सामग्री मात्रै देखिन्छन् जसको वैधता प्रमाणित हुन्छ ।

कुनै किसिमका भ्रामक र उत्तेजना एवं वितृष्णा फैलाउने खाले सामाचार वा अन्य सामग्री तपाईले ‘सर्च’ गर्नासाथ माथि देखिँदैनन् । गूगलले अझै पनि आफ्नो ‘सर्च इन्जन’को ‘एल्गोरिद’मा व्यापक परिवर्तन गरिरहेको छ ।

अब फेसबुक पनि आफूमा सुधार गर्न सक्रिय भएको छ । अब तपाईले जथाभावी फोटो पोस्ट गर्न, जे पायो त्यही लेख्न पाउनु हुन्न, यसमा बन्देज लाग्ने

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्