Logo
७ बैशाख २०८१, शुक्रबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमेश रेशमियासंग रानु मण्डलको यस्तो बन्यो पहिलो गीत (पुरै भिडियो)

भारतीय गायक तथा संगीतकार हिमेश रेशमिया र नवगायिका रानु मण्डलको पहिलो गीत सार्वजनिक भएको छ।

बिहीबार इन्टरनेटमा सार्वजनिक ‘तेरी मेरी कहानी’ बोलको गीतमा रानु र हिमेश स्वर सुन्न सकिन्छ।

हिमेशको नयाँ बलिउड फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’मा समावेश गीतमा हिमेशले रेलवे स्टेसनमा जीवन चलाउँदै आएकी रानुलाई गाउने अवसर दिलाएका थिए।

रेलवे स्टेसनमा गाउँदै भिख मागेर जीविका चलाइरहेकी रानुको बलिउडमा यो पहिलो व्यवसायिक गीत हो।

जीवनको उत्तरार्धतिर रेलवे स्टेसनबाट रेकर्डिङ स्टुडियोमा आएर रानुले गाएको गीत सुन्न दर्शक प्रतिक्षारत थिए। साब्बिर अमेदको शब्द तथा गायक हिमेशकै संगीत रहेको गीत सार्वजनिक भएको २० घन्टा नपुग्दै ३४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।

पुरै भिडियो :

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्