Logo
१५ चैत्र २०८०, बिहीबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारको आरोपमा एक इञ्जिनीयर प्रहरी नियन्त्रणमा

बैतडी :   बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई नियन्त्रणमा लिएको छ । उक्त आरोपी मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

“सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव-इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्