Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको नगर कमिटिमा बढ्यो विवाद, कहि पूर्व माओवादीहरुको पत्ता साफ गर्ने खेल

सुनसरी/ सुनसरीको नेकपा दुहवी नगर कमिटिमा वाइसिएलका पूर्व सुनसरी सचिव तथा दुहवी नगर अध्यक्ष सौकत अलीले वर्तमान नेकपा नगर कमिटिप्रती तिव्र असन्तुष्टि पोखेका छन ।नगर कमिटि बनाउँदा पहुँचको आधारमा र माथिल्लो तहका नेताहरुको चापलुसी गर्नेहरुलाइ ठुला पदमा राखेको भन्दै सौकत अलीले आक्रोस पोखे ।

विगतका दिनहरुमा सक्रिय ढंगबाट संगठन बिस्तार गर्न भुमिका खेल्ने पूर्व माओवादीका नेता कार्यकर्ताहरुलाइ पाखा लगाएर पूवृ माओवादी कार्यकर्ताहरुको पत्ता साफ गर्ने खेल हुनुकासाथै सक्रियरुपमा संगठनमा भुमिका न खेल्नेहरुलाइ उच्च पद दिएर भाँडभैलो गरेको अलीले दुखेसो पोखे ।

सो कमिटिका सचिवालयमा रहेका नेताहरुको नामावली गुपचुप राखिएको र नगर कमिटि घोषणा हुँदा पनि कुनै किसिमको कार्यक्रममा जानकारीनै न दिइ सचिवालयको कोठे बैठकबाट कार्यक्रमहरु गरि रहेको उनले बताए । विगत सुनसरी जिल्ला कमिटि घोषणा गर्न निकै विवाद देखिएको र पछिल्लो चरणमा एक अर्काको नेतृत्व न स्विकार्ने जिल्लामा विवाद हुँदा सो विवाद लामो प्रयासपछि केन्द्र नेताहरुको पहलमा कमिटि घोषणा भएको थियो ।

सुनसरीको सबै स्थानिय तहहरुमा कमिटि घोषणा भएपनि दुहवी नगर कमिटि घोषाणा हुँन न सक्दा सो विवाद लामो समय सम्म देखिएको थियो । पछि पूर्व माओवादी र एमालेका ठुला नेताहरुको पहलमा अन्तिम अवस्थामा दुहवी नगर कमिटि घोषाणा भएको हो । केहि दिन अगाडी दुहवीमा भएको पार्टी प्रवेश कार्यक्रममा नगरका इञ्र्चाज र सचिव समेत कार्यक्रममा उपस्थिती न भएपछि पूर्व माओवादी नेता कार्यकर्तामा उदासिनता छाएको स्रोतको दाबी छ ।

सो बिषयमा नगरका इञ्र्चाज राजन चौधरी र सचिव रहिम मियाँसँग बुझ्दा सो दिननै घरायसी काम परेको देखाउँदै आफुहरु उपस्थित हुँन न सकेको बताए । दुहवी नगर पालिकामा संगठनको हिसावले पूर्व नेपाली कांग्रेस र लोकतान्त्रिक फोरम एक हुँदा बलियो देखिएको छ भने पूर्व एमाले र माओवादी आन्तरिक विवादका कारण कमजोर देखिएको माओवादीका एक सक्रिय कार्यकर्ताले दाबी गरेका छन ।

अहिलेपनि आन्तरिकरुपमा एक अर्काको नेतृत्व स्विकार गर्न न सकेको पूर्व माओवादीका एक सक्रिय कार्यकर्ताले दाबी गरेका छन । दुहवी नगरपालिकाको १२ ओटा वडा मध्ये स्थानिय निर्वाचनमा नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमले ९ ओटा वडामा जित हासिल गरेको थियो भने ३ ओटा वडामा मात्र एमालेले जित हासिल गरेको थियो ।

यसैगरि इटहरीमा नेकपाको विवाद बढ्दै गएको छ । पार्टी भित्रको आन्तरीक विवाद कार्यलयमा तालाबन्दी देखि पत्रकार सम्मेलन हुदै गुटबन्दीले चरम असन्तुष्टि बढेको छ । गत भदौ १२ गते नेकपा इटहरीमा लगाएको तालाबन्दी विवाद बढिरहेको छ ।
तत्कालिन एमालेका इटहरी ५ अध्यक्ष बिरेन्द्र गौतमले पार्टी्भित्र चरम असन्तुष्टि बढेको भए पनि पार्टि नेतृत्व मौन बसेको अरोप लगाए पार्टी भित्रको असन्तुष्टिलाई बेवास्ता गरिएको भन्दै आँफूहरुले ५ सय ३७ जनाको हस्ताक्षर सहित नगर अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको बताए ।

चाप्लुसीको आधारमा मनोनित नगर सचिव काशीनाथ दंगाललाई तत्काल पदबाट हटाई, योग्य र अग्रजलाई सचिवमा नियुक्त गर्नुपर्ने, २५ प्रतिसत युवाहरुलाई नगर सचिवालय र कार्यालय सदस्यमा राख्नुपर्ने, पार्टी कार्यकर्ता र नेताबीचको तिक्तलाई अन्त्य गर्नुपर्ने, कुनैपनि कमिटि गठन गर्दा बिधानलाई ध्यान दिनुपर्ने जस्ता कुरा उल्लेख गरिएको गौतमले भने ।

इटहरीमा पत्रकार भेटघाटमा तत्कालिन नेकपा एमाले वडा नं. ४ का उप सचिव सुनिल कार्कीले आँफूहरुले नगर अध्यक्षलाई ज्ञापन पत्र बुझाएको भएपनि वेवास्ता गरेको बताए । पार्टीमा मनपरी तन्त्र हाबी भएको कारण समस्या उत्पन्न भएको उनको भनाई थियो । आफुहरुको मागलाई नेकपाले बेवस्ता गदै गए कडा रुपमा उत्रने कार्कीले चेतावनी समेत दिए ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्