Logo
७ बैशाख २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाललाई तान्न कस्सिदै प्रचण्ड, गौतमलाई पनि हातमा राख्ने यस्तो खेल!

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई आफ्नो पक्षमा तान्नका लागि फकाइरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारको लागि सिंगापुर रहेको मौका छोपी प्रचण्डले नेपाललाई फकाउन लागिरहेका हुन ।

बरिष्ठ नेता नेपालसँग ओली सिंगापुर गएपछि प्रचण्डले पटक–पटक गोप्य भेटवार्ता गरेका निकटस्थ सुत्रहरुले बताएका छन् । ओलीले उपचारका लागि आफु विदेशमा रहदा पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिने अधिकार प्रचण्डलाई दिएर गएका थिए ।

आफुले पाएको अधिकार प्रयोग गर्ने नाममा नेपाललाई आफ्नो पक्षमा तान्ने खालका निर्णय गर्न प्रचण्डले गोप्य रुपमा नेपाललाई भेटिरहेको सुत्रहरु बताउँछन् ।

पार्टीका विभिन्न महत्वपूर्ण विभागका नेतृत्वमा ओलीले आफ्नो मान्छेलाई सेटल गराईसकेका छन् । स्कुल विभागको नेतृत्वमा उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई ल्याएका छन् ।

सुरुमा, यो विभागको नेतृत्वको लागि प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले दाबी गरेका थिए । प्रचण्डले पनि ओलीसँग श्रेष्ठलाई यो विभागको नेतृत्व सुम्पिनेगरि ओलीसँग अडान लिएका थिए । तर, ओली टसकोमस नभएपछि स्कुल विभागको नेतृत्वमा पोखरेलले बाजी मारेका थिए ।

महत्वपूर्ण विभाग टुंग्याउने बेलामा ओलीले पार्टीको वरियता समेत परिवर्तन गरेका थिए । नेकपा सचिवालयको बैठकले नेताहरुको वरियतासमेत हेरफेर गर्दै दुई अध्यक्षपछिको बरियतामा रहेका नेता नेपाललाई तेस्रोमा झारेको थियो ।

दुई अध्यक्ष पछिको बरियतामा नेता झलनाथ खनाललाई ल्याइएको थियो । सचिवालयको बहुमतको त्यो निर्णयपछि नेता नेपाल अध्यक्ष ओलीसंग रुष्ट छन् । यो निर्णयको उनले चर्को विरोध र असन्तुष्टी पोखेका थिए ।

निर्णय विरुद्ध सचिवालयमा नेपालले ७ बुँदे असन्तुष्टी समेत दर्ता गराएका छन् । असन्तुष्ट भएको मौका छोप्दै प्रचण्डले नेपाललाई थमथमाएर आफ्नो गुटमा ल्याउने रणनीति रचिरहेका छन् ।

पार्टीमा शक्तिशाली बन्नका लागि नेपाललाई फकाउन प्रचण्ड लागिरहेका हुन । पार्टीको एकता महाधिवेशन र सरकारको नेतृत्व गर्ने विषयलाई लक्षित गरेर प्रचण्डले नेता नेपालसँग छलफल गरेका हुन् ।

पदको भागवण्डामा सहमति गर्ने र ओलीलाई शक्तिबाट बाहिर पार्ने रणनीति प्रचण्डको छ । शक्तिका भोका प्रचण्डले अव बन्ने प्रधानमन्त्री या पार्टी अध्यक्ष एउटा आफुले लिएर अर्को नेपाललाई दिने गरी सहमति गर्ने खोजिरहेको स्रोतहरु बताउँछन् ।

लामो समयको रस्साकस्सीपछिको विभाग विभाजनपछि संगठन विभाग र किसान महासंघको संयोजक बनेका गौतम ओलीपछिको शक्तिशाली बनेका छन् । त्यतिमात्र होइन ओलीले विधानमा नै नभएको उपाध्यक्ष पद स्थापना गरी गौतमलाई त्यहाँ लैजाने प्रस्ताव सचिवालयबाट पारित गराएका छन् ।

गौतमलाई उपाध्यक्ष र संगठन विभाग प्रमुख बनाउने प्रस्ताव प्रचण्डको थियो । त्यही गुन लगाएर प्रचण्डले गौतमलाई आफुतिर तान्न खोजिरहेका छन् । तर, गौतम भने पर्ख र हेरको अवस्थामा छन् ।

बर्दियाबाट चुनावमा पराजित भएपछि गौतम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट थिए । त्यसपछि उनले नेकपामा एक व्यक्ति एक पद हुनुपर्ने माग गरेका थिए ।

पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुख बनेपछि गौतम ओली निकट बन्ने हुन कि भन्ने संका प्रचण्डले गरेका छन् । केही समय अगाडि कुनै बेला गौतम ओलीसँगभन्दा अर्का प्रचण्डसँग घनिष्ठ मानिन्थे ।

स्रोतका अनुसार गौतमलाई आगामी मंसिर १४ गते कास्की–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाई जिताएर आफ्नो उत्तराधिकारी बनाउन प्रचण्ड लागिरहेका छन् ।

प्रचण्डले संगठन विभाग प्रमुख र उपाध्यक्षमा प्रस्तावित गर्न आफ्नो ठुलो हात रहेको भन्दै फकाउने प्रयास गरिरहेको स्रोतहरु बताउँछन् ।यता प्वाँख काटेको चरोजस्तो बनेका नेपालको बढ्ता चुरीफुरी देखिएपछि अध्यक्ष ओलीले साइजमा ल्याएका नेकपाभित्र चर्चा चलेको छ ।

शक्तिको उम्माद धेरै भएर दम्भ देखाएको भन्दै नेपालले पनि ओलीलाई देखाइदिने भन्दै प्रचण्डसंग मिल्ने संकेत दिएका छन् । प्रचण्ड भने, नेपाल र गौतमलाई आफ्नो कित्तामा ल्याएर बलियो बन्ने दाउँ खोजिरहेका छन् ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्