Logo
७ बैशाख २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु उपचार : कब्जियतबाट राहत पाउन जान्नुहोस् के गर्न हुने वा के गर्न नहुने

मानव शरीरमा पाचन प्रक्रिया राम्रो हुनुपर्छ । पाचन प्रक्रियामा समस्या आउनाले हाम्रो दिसा वा मलमुत्र त्याग राम्ररी हुँदैन । र दिशा वा मूलमूत्र राम्ररी त्याग नभएपछि ज्यान हल्का हुँदैन जसका कारण पेटमा थप समस्या आउन सक्छ ।

वास्तवमा सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु हो । तर, धेरैको समस्या दिसा गर्न गाह्रो हुने हुन्छ, बिहान शौच गर्दा बसेपनि पेट सफा हुँदैन । पेट भद्दा हुँदा यसले रोग पनि निम्त्याउँछ । हो यस्तै मानिसहरुलाई पछि गएर कब्जियत हुने प्रबल सम्भावना हुन्छ । त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ ।

विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो । यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा ३ घन्टा अगाडि नै खाना खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन ।

खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन । चिकित्सकका अनुसार, यदी कब्जियतको कारण बिहान राम्रो सँग पेट सफा नहुँदा रातिमा केहि सामान्य घरेलू उपचार अपनाई हरेक बिहान ताजा महसूस गर्नुहोस् ।

जान्नुहोस् कब्जियतको समस्याबाट मुक्ति पाउन के गर्न हुने र राती के गर्न नहुने (

के गर्न हुने

  • माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।
  • सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।
  • थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।
  • दुधमा २र३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।
  • सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस् ।
  • खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

के गर्न नहुने :

  • खानामा धेरै मैदा र जंक वा प्रोसेस्ड फूड खानु हुँदैन । यसमा फाइबर हुँदैन जसले कब्जियतको समस्या हुन सक्छ ।
  • धेरै राती सम्म धुम्रपान र मध्यपानको सेवनले शरीरमा पानीको कमी भई कब्जियत हुन सक्छ ।
  • राती ढिलो चिया वा कफीको सेवनले पाचन प्रक्रिया खराब हुन सक्छ । जसले गर्दा कब्जियतको समस्या देखा पर्छ ।
  • आइरन र क्याल्शियम सप्लीमेन्ट्स राती लिनु हुँदैन । यसको कारणले कब्जियतको समस्या हुन सक्छ ।
  • धेरै मात्रामा डेरी प्रोडक्ट लिनु हुँदैन । यसको सेवनले धेरै मानिसलाई कब्जियत र पेटमा ग्याँस बन्ने समस्या हुने गर्छ ।
  • कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्