Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको शपथ समारोहमा झडप, प्रहरीद्वारा लाठीचार्ज

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को शपथ ग्रहण समारोहमा मंगलवार झडप भएको छ । महोत्तरीको बर्दिबासमा आयोजित शपथ ग्रहण समारोहमा झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रिय कार्यकर्ताहरुसँग काखा पाखा गरेर आफ्नो आसेपासेलाई प्राथमिकता दिएर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्ट पक्षहरुले शपथग्रहण कार्यक्रम विथोल्ने चेतावनी दिँदै आएको थियो ।

असन्तुष्ट नेता कार्यकर्ताको चेतावनीका बाबजुद पनि शपथग्रहण समारोहलाई यथावत राखेपछि झडप भएको हो । झडपमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको नेकपाका एक नेताले बताए ।

त्यस क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेपछि एकजनाको टाउकोमा चोट लागेको नेकपाका स्थानीय कार्यकर्ता राधे महतोले जानकारी दिए ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्