Logo
४ बैशाख २०८१, मंगलबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटेलमै गएर चिनियाँ विदेशमन्त्रीसँगको भेटवार्तापछि प्रचण्ड भन्छन् : ‘नेपाल-चीन सम्बन्ध झन बलियो

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनीयाँ विदेशमन्त्री वाङ यीबीच आज मंगलबार बिहान भेटवार्ता भएको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग द्विपक्षीय छलफलपछि आज प्रचण्डसँग भेटवार्ता भएको हो ।

चिनीयाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्तामा दाहालले दुई देशको सम्बन्ध झन प्रगाढ भएको बताएका छन् । वाङ यीसँग भएको भेटवार्ता पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाल चीनको सम्बन्धका बारेमा छलफल भएको बताए । भेटमा सम्बन्धलाई थप प्रगाढ बनाउने बारेमा छलफल भएको बताए ।

त्यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको बारेमा पनि कुराकानी भएको बताए । उनले भने, ‘राष्ट्रपति सीको नेपाल भ्रमणको बारेमा कुरा भयो, मन्त्री अत्यन्तै सकारात्मक हुनुहुन्छ ।’

त्यस्तै चिनियाँ पार्टी र आफ्नो पार्टीको सम्बन्ध सुधार गर्ने बारेमा पनि भेटमा कुराकानी भएको प्रचण्डले पत्रकारलाई जवाफ दिए । मुल एजेण्डामा छलफल नै भएन नि त भन्ने पत्रकारको प्रश्नमा उनले कुनै जवाफै दिन चाहेनन् ।

३ दिने नेपाल भ्रमणमा रहेका वाङ यीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । वाङले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । मन्त्री वाङ आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्