Logo
१३ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधिवत रुपमा ईन्द्रजात्रा सुरु: भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो ठड्याइयो

नेवार समुदायले विशेष रुपमा मनाउने पर्व ईन्द्रजात्रा मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । यो जात्राको रौनक मुलतः काठमाडौँ उपत्यकामा सबैभनदा बढी रहेको छ ।

गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो मंगलबार बिहान हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको हो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखा लगायतका स्थानमा पनि मनाइन्छ । ईन्द्रजात्राका दिन राष्ट्रप्रमुखबाट हनुमानढोकामा जीवित देवीका रुपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा दर्शन गर्ने परम्परा छ ।

यो अवधिमा पुलुकिसी र लाखे नाचहरु देखाइन्छ । हप्तादिनसम्म कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ ।

लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तीपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्