Logo
८ बैशाख २०८१, शनिबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा नि:शुल्क आँखा शिबिर सम्पन्न, ३ सय ९जना बिरामी लाभन्वित

जानकी आँखा अस्पतालद्वारा गरिएको निस्शुल्क आँखा शिबिर संचालनमा ३ सय ९जना बिरामीको उपचार गरिएको छ ।

जनकपुरधामको सम्पुर्ण सहयोग तथा खुल्ला सिमा संवाद समुह जनकपुरको सहजीकरणमा नेपाल भारत सिमा नजिक रहेको बिदेह नगरपालिका वार्ड नम्बर२ दुहबीमा स्थित श्री शंकर जनता माध्यमिक बिद्यालयमा आज बिहान १० बजे देखि ४ बजे सम्म निस्शुल्क आँखा शिबिर संचालनमा उक्त विरामीहरुले उपचार गराएका हुन् ।

उपचार गराउनेमा १ सय ६० जना भारतका थिए भने १ सय ४९ जना नेपालका थिए । जस मध्ये -८४ जना मोति बिन्दुको बिरामी फेला परेको छ । उक्त शिबिरमा निस्शुल्क औषधि समेत बितरण गरिएको थियो ।

मोति बिन्दु भएको बिरामी लाई जनकपुरधाम जानकी आँखा अस्पताल लागी निशुल्क अपरेसन गराइ आबस्यक भएको औषधि र चस्मा समेत प्रदान गरिने छ । साथै अपरेसनकोलागि जनकपुरधाम आउने एक तर्फको भाडा पनि निशुल्क रहने छ ।

खुल्ला सिमा संगै रहेको भारतिय गाउँहरु जानकीनगर, खौना, छतौनी,करुणा, बिशौल, जोंकी, महिनाथपुर सहित नेपाल तर्फ दुहबी, गोबराही, करमाही, जोगियारा, ठाढी, महिनाथपुर, चिकना बैदेहि लगायतको गाउँका आखाको रोगीहरु उपचार गराएका थिए ।

जानकी आँखा अस्पताल जनकपुरबाट डा प्रदिप यादव प्राबिधिक मनोज तिवारी,ललन कुमार मन्डल संस्थाको तर्फबात अध्यक्ष राजीव झा सहित दिपक चौधरी ,पपु यादव,बिशेस्वर सहनी,उमेश सहनी,भागमुनी यादब,दुर्गेश कुशियैत महेन्द्र यादव, स्कुलको प्र अ धनिक लाल ठाकुर शिक्षक गोबिन्द चौधरी,राजकुमार कपैर,प्रमोद यादव,राजकुमार चौधरी लगायतको सकृय सहयोगमा शिबिर सम्पन्न भएको हो ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्