Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिषेक बच्चन र विवेक ओबरोयले बिर्सिए वैमनश्यता, हाले एकअर्कालाई अँगालो

  मुम्बई :  एक कार्यक्रमबीच वर्षौँदेखि नबोलेका २ अभिनेता विवेक ओबरोय र अभिषेक बच्चनबीच बोलचाल भएको छ । उक्त कार्यक्रम वास्तवमा ब्याडमिन्टन स्टार पि.वि. सिन्धुका लागि आयोजित एक सम्मान समारोह थियो जसमा थुप्रै फिल्मी कलाकारको उपस्थिती थियो । यसमा अभिषेक र विवेक पनि समावेश थिए ।

हालैको उनीहरुको व्यवहार देखेर मानिसहरुले सबैकुरा ठिक भइसकेको अड्कलबाजी गरिरहेका छन् । यस्तो देखिन्छ कि उनीहरुले आफ्नो सबै वैमनश्यता बिर्सिएका छन् ।

दुईको रेड कार्पेटमा भेट हुँदा एक-अर्कालाई अँगालो हाले । त्यो दृश्य निकै रोचक थियो । विवेक हात बाँधेर उभिएका थिए र अगाडि अभिषेक आफ्ना बुवा अमिताभ बच्चनसँग उभिएका थिए । दुबैको आँखा जुध्यो र सबैकुरा बिर्सिएर अँगालो हाले ।

स्मरण रहोस्, विवेक कुनै जमानामा अभिषेककी श्रीमती ऐश्वर्या रायसँग प्रेम सम्बन्धमा थिए । तर पछि केही कारणवश दुबै अलग्गिए । त्यसपछि यी दुईले आफूहरुबीच कुनै प्रकारको सम्बन्ध स्थापित गर्ने कोसिस गरेनन् न कुनै फिल्ममा काम गरे । यहाँसम्म कि अभिषेकले पनि विवेकसँग दुरी स्थापित गरेका थिए ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्