Logo
८ बैशाख २०८१, शनिबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुर्किनाफासोमा आतङ्ककारी आक्रमण : २९ को मृत्यु, १२ जना घाइते

ओवागाडुउगोउ :  उत्तर बुुर्किनाफासोमा आइतबार २ ओटा आतङ्ककारी आक्रमणमा भएको छ । उक्त आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बसमा भएको थियो । जसमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए ।

त्यसैगरी सोही समयमा खाद्यान्न बोकेको एक साइकल यात्रीलाई लक्ष्य गरी दाश्रो आतङ्ककारी आक्रमण गरिएको थियो जसमा १४ जनाको मृत्यु हुनुको साथै अन्य ६ घाइते भएका थिए ।

सरकारले यस्ता घटनाहरू दोहोरिन नदिन कदम चाल्ने शपथ लिनुको साथै सैनिक परिचालन बढाएको छ । सन् २०१५ यता बुर्किना फासो आतंङ्कवादी हमलाहरूमा ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । यी आतङ्ककारी आक्रमणका कारण २ लाख ८० हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

केही दिनअघि पनि बुर्किना फासोको सैनिक शिविरमा भएको आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेका वक्तव्यमा सर्वसाधारणलाई लक्षित गरी पछिल्ला समयमा भइरहेका जथाभावी आक्रमणको निन्दा गर्दै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गर्न अपिल गरेका छन् । –सिन्ह्वा/Photo-Reuters/aljazeera

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्