Logo
७ बैशाख २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-२ : लोकसेवा आयोगका अध्यक्ष डा.सुरेन्द्र प्रसाद यादवले लिए शपथ

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले गत भदौ ५ गते डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेको थियो ।

उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन् । मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहकाबीच लोकसेवा आयोगमा तीन साताअघि नियुक्त यादवलाई शपथ ग्रहण गराइएको हो ।

यादव सिराहाको औरही गाउँपालिका ५ का बासिन्दा हुन् । उनी सिराहा क्याम्पसको अंग्रेजी भाषाका उप-प्राध्यापकमा कार्यरत छन् ।

प्रदेश प्रमुख कायस्थले यादवलाई शपथ ग्रहण गराइरहँदा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका मन्त्री, प्रदेश सांसद, कर्मचारीसहितको उपस्थिति थियो ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्