Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाइरल रानूलाई लता मंगेशकरले दिईन् यस्तो सुझाव : ‘तपाईंले आफ्नै शैली विकास गर्नुपर्छ ’

रेलवे स्टेशनमा उनले गाएको गीत सामाजिक सञ्जालमा भाइरल भएपछि रानू मण्डललाई सलमान खानदेखि गायक हिमेशसम्म धेरैले उनको तारिफ गर्दै विभिन्न सहयोग गरेका छन् । भने उनले तीनवटा गीत बलिउडका लागि गाइपनि सकेकी छिन् ।

उनले रेलवे स्टेशनमा स्वरकी धनि लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है..’ बोलको गीत गाएर अचानक सफलता हात पारेकी थिइन् । यसैबीच, गायिका मंगेशकरले उनको बारेमा बोल्दै अरुको नक्कल गरेर मानिसको ध्यान मात्र खिच्न सकिने तर सफलता हात पार्न नसक्ने भन्दै रानूलाई आफ्नै शैली विकास गर्न सुझाव दिएकी छिन् ।

उनले भनिन्, ‘यदि मेरो नाम र कामले कसैको भलो हुन्छ भने त्यो मेरो भाग्य हो । तर मलाई लाग्छ कसैको नक्कल गरेर तपाईं लामो समयसम्म सफल हुन सक्नुहुन्न । मेरो गीत वा किशोर कुमार, रफी साहब वा मुकेश भाईका गीत गाएर उम्रिएका गायकरगायिकाले केहि समय ध्यान तान्न त सक्छन् तर सफल हुन सक्दैनन् ।’

उनले भने, ‘तपाईं मेरो वा मेरा साथीहरुको गीत गाउँन चाहानुहुन्छ भने गाउनुहोस् । तर तपाईंले आफ्नै शैली विकास गर्नुपर्छ ।’

प्रकाशित मिति: Sep 7, 2019

प्रतिक्रिया दिनुहोस्