Logo
८ बैशाख २०८१, शनिबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी निर्देशन कार्यान्वयन गर्न सक्दैनौँ : वायुसेवा सञ्चालक

आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् ।

निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा संघको औपचारिक धारणासहितको पत्र पठाउँदै सरकारले कार्यान्वयन गर्न खोजेको अन्तरिक भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिन नसकिने स्पष्ट गरेको छ ।

 कारोबार दैनिकबाट साभार

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्