Logo
August 29, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय छाडी चीनियाँ लाइनसंग नजिकिदै राजपा नेपाल

कुनैबेला भारतीय लाइनद्वारा नै स्थापना गराइएको तमलोपा, सदभावना लगायतका ६ ओटा पार्टीहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी पछिल्लो समय चीनियाँ लाइनसंग नजिकिन थालिएको छ ।

काठाण्डौ स्थित भारतीय राजदुतावासले समेत राजपालाई पछिल्लो समय शंकाशिल नजरले हेर्ने गरेको राजनीतिक बजारमा चर्चा फैलिएको छ ।

त्यासो त नाकाबन्दी प्रकरणपछि भारतीय दुतावासले नेपालको राजनीतीक चासो खासै लिने गरेको छैन । मधेशी मुद्दा केन्द्रित दलहरु मध्ये सपा भन्दा राजपा बढी दुतावास निकट मानिन्थ्यो तर पछिल्लो समय राजपासमेत टाढिएको बताइन्छ ।

‘मधेशी मुद्दाका नाममा नेताहरुले मात्र आर्थिक ब्यरगेनिङ्ग गर्ने कार्य बढी गरे त्यसमा पनि झन दुतावास आफै नेपालको आन्तरिक राजनीतिक कृयाकलापबारे चासो लिन छाडेका छन् । समाचार श्रोतले भने उहाँहरलाई त लिने बानी परिसकेको छ कहाँ स्थीर भएर बस्छन् र ? अब उहाँहरु उत्तरतिर लाग्नु भएको छ ।’

अर्को समाचार श्रोतले भने चीनीयाँ लाइनको दवाबकै कारण राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी विच एकता प्रयास भइरहेको दावी गरेका छन् । चीनिया दवाब खेप्न नसकेर आगामी कार्तिक २८ देखि ३० सम्म गर्न लागेको महाधिवेशन पूर्व नै राजपा समाजवादी एक हुन लागेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी, महेन्द्रराय यादवलाई चीनले मन्त्री बनाउने आश्वासन दिएर प्रलोभनमा पारी दुई पार्टीलाई एकिकरण गर्न लगाइएको बताइएको छ ।

मधेशको मुद्दा विर्सेर राजपाका नेताहरु एक जना चीनियाँ विश्वासपात्र भनिएका डा. राजीव झासँगको छलफलमा पार्टी एकिकरण गर्न लागेको उच्च स्रोतको दावी छ ।

राजपाका नेताहरु पार्टी एकिकरण गरी बर्तमान सरकारमा सहभागि हुन चीनको लाईनवाट समाहित हुन लागेको स्रोतको भनाइ छ । अर्कोतर्फ सरकारमा लामो समयदेखि सहभागी नभएको राजपा आन्तरिक रुपमा राजनीतिक भविष्यलाई लिएर पनि चिन्तित छन् ।

यस हिसाबले पनि डा. राजीव झा मार्फत राजपा समाजवादी पार्टीबीचच एकिकरण गरेर भएपनि प्रोचाइनिज लाइनमा आउने प्रयासमा नेताहरु रहेका छन् । उता राजापालाई शंकाशिल पार्टीको रुपमा लिदै भारतीय लाइनले राजपालाई वास्ता गर्न छाडेको बुझिएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७६, बिहीबार १७:०६

प्रतिक्रिया दिनुहोस्