Logo
१५ बैशाख २०८१, शनिबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा विमानस्थलः तोकिएको समयअवधी अघि नै काम सकेका निर्माण कम्पनीको सम्मानमा रथयात्रा

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरास्थित निर्माणाधिन क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् ।

विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसीका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको करिब ४५ प्रतिशत काम सकिएको बताए । सोही क्रममा मन्त्री भट्टराईले विमानस्थलको काम समयअघि नै सके निर्माण कम्पनीलाई सम्मान गर्ने बताए ।

प्रमुख मुनाकर्मीले तोकिएकोभन्दा ६ महिनाअघि काम सक्ने जानकारी दिएपछि निरिक्षणका क्रममा पुगेका मन्त्री भट्टराईले समयअघि नै काम सके निर्माण कम्पनीको सम्मानमा पोखरामा रथयात्रा नै गराउने उद्घोष समेत गरे ।

गण्डकी प्रदेशकै पर्यटनको विकासमा उक्त विमानस्थल महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसँगै यस क्षेत्रको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशलाई बाहिरी विश्वसँग जोड्ने र यो क्षेत्रको पर्यटन प्रवद्र्धनको आधार मानिएको विमानस्थल निर्माण जोडतोडले भइरहेको छ । निर्माण सुरु भएको १९ महिनामै यसको धावनमार्ग बनिसकेको छ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्