Logo
६ बैशाख २०८१, बिहीबार
(August 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपकराज गिरीको ‘छ माया छपक्कै’ को फस्टलूक रिलिज

काठमाडौं :   दिपकराज गिरी, केदार घिमिरे र जितु नेपाल अभिनित चलचित्र ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ । यस फिल्मको पोस्टर फिल्म युनिटले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

उक्त पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीलाई देख्न सकिन्छ । जसमा घुम्टो ओढेर बसेकी केकीलाई तीनै जनाले हेरेको देखाइएको छ ।

रोहित अधिकारीको लगानी रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आमा सरस्वती भुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुति रहेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

दीपकराज गिरीले पटकथा तयार पारेको फिल्मको कथामा केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरवीको संवाद छ । दशैँमा रिलिज गरिने भनिएको चलचित्रको रिलिज मिति भने अझै तोकिएको छैन ।

प्रकाशित मिति: Aug 27, 2019

प्रतिक्रिया दिनुहोस्