Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लोकस्टारमा रवीराजको धमाल : ‘एक मात्र मधेशी प्रतिष्पर्धीलाई अझै भोंटको खाँचो’

एपिवान टेलिभिजनमा प्रसारण भइरहेको नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’ मा रवीराज साहको सान्दार प्रस्तूती यात्रा जारी रहेको छ । उनको सर्मथनमा उनका शुभचिन्तकहरुले ‘एक मात्र मधेशी प्रतिष्पर्धीलाई अझै भोंटको खाँचो’ भन्दै मतदान अभियान नै थालेका छन् । देशको ठुला ठुला शहरमा उनको फोटो सहितको होडिङ्ग बोर्डहरु टागिङ्गएाछन् भने गाँउ-गाँउमा उनको सर्मथनमा अभियान जारी रहेको छ ।

उक्त रियालिटी शो मा प्रतिष्पर्धीको रुपमा एक मात्र मधेशी अनुहार रहेका रवी अहिलेसम्म सबभन्दा बढी भोट पाएर सेफजोनमा रहेकाछन् । तर उनको यो यात्रालाई कायम राख्न उनलाई निरन्तर अझै भोंटको खाँचो रहेको छ ।

त्यसो त ‘नेपाल लोक स्टार’का एकमात्र मधेशी अनुहार रविराज साहले आफ्नो संघर्षलाई पनि उतिकै लग्नशिलता र मिहिनेतका साथ अगाडी बढाइरहेका छन् भने सिंगो देशकै दर्शकका मनमा बस्न सफल भइरहेका छन् । गत शुक्रवार रातो टिका निधारमा भन्ने गीत गाएर उनले झन दर्शक माझ छुटू छाप छाड्न सफल भएका छन् ।

यस अघि मधेशी अनुहारकै रुपमा रहेकी अर्का प्रतियोगी सुस्माकुमारी झा पछिल्लो समय बाहिरिएकी थिइन् । झाको सुरीलो स्वरलाई कार्यक्रका सधै जजहरुले सराहना गरे पनी उनी अरु प्रतियोगी भन्दा कम भोट ल्याएका कारण उनको टप १२ सम्मको पुग्ने यात्रा टुंगिएको थियो ।

नेपाल लोकस्टारको मञ्चमा मधेशको अर्को उदितनारायण झा भनेर पहिचान बनाउन सफल देखिएका रविराजलाई पहाडी समुदायले पनि उतिकै मन पराइरहेका छन् । राष्ट्रिय सुचना आयोगका आयुक्त रहेका पुर्व सचिव कृष्णहरी बाँस्कोटाले रविराज नयाँ उदितनारायण बन्ने भन्दै उनको कलाको सम्माण हुनपर्ने बताए । ‘म पनि एउटा मानव हुँ मलाई पनि गीतसंगित मनपर्छ तर रविराजको प्रस्तूती साच्चै नै सम्माण लायकको रहेको छ’ नागरिक टाइम्ससंगको कुराकानीमा उनले भने कलाको कुनै समुदाय वा भाषा हुँदैन तर एउटा मधेशी यूवाले नेपाली गीतलाई उच्च योग्यताका साथ गाएको कुरा चानचुने कुरा होइन, र्तिथ उनको सम्माण हुनुपर्दछ, म त भोट गर्छु नै सबैलाई भोट गर्न अपिल गछु’ ।

यता प्रतियोगी रवीले पनि आफूलाई धेरै धेरै भन्दा भोट गर्न अपिल गरेका छन् । फेसबुकमा उनले एउटा अपिल लेख्दै धेरै धेरै भन्दा भोट मागेका हुन् ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्