Logo
७ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इक्वेडरको अमेजन क्षेत्रमा विमान दुर्घटना, सवार सबैको मृत्यु

एजेन्सी : इक्वेडरको अमेजन क्षेत्रमा एउटा सानो आकार केसन-१८२ जहाज दुर्घटना भएको छ । दुर्घटनाका क्रममा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । त्यहाँको प्रशासनले शनिबार यसको जानकारी दिएको छ ।

नागरिक उड्यन प्राधिकरणका अनुसार जहाजमा एक पाइलट र तीन यात्रु सवार थिए । दुर्घटनाको कारण तत्काल थाहा नभएको भए पनि यसको लागि अनुसन्धान सुरु गरिएको छ ।

जहाज शुक्रबार मोरोना स्यान्टियागो र जमोरा चिनचिपेको सिमाना नजिक झरेको थियो । सैन्य अधिकारी र अन्य खोजकर्ताले शनिबार घण्टा लामो खोज अभियानपछि शव फेला पारेका थिए ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्