Logo
२८ कार्तिक २०७६, बिहिबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा डेङ्गुको संक्रमणबाट १ जनाको मृत्यु

चितवन :  जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ ।

सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए ।

जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ । उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए। डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आईतवार १०:५०

प्रतिक्रिया दिनुहोस्