Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आइटम गर्ल’ सन्नि लियोनी नेपाल आउँदै

काठमाण्डौं :  बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लियोनी नेपाल आउन लागेकी छिन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेको भिडियो सन्देशमा उल्लेख गरिएको छ । उनी यस भिडियो सन्देश मार्फत नेपाल आउन लागेकी हुन् ।

सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुनेछिन् । भिडियोमा उनले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । भिडियोको अन्तिममा लियोनीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गरेकी छिन् ।

सन्नीको आइटम नृत्य भएको यस चलचित्र सेप्टेम्बर १३ तारिख रिलिज हुँदैछ । सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्