Logo
८ बैशाख २०८१, शनिबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदशेमन्त्री जयशंकरले गरे राष्ट्रिपति भण्डारीसंग भेटवार्ता (तस्विरहरु)

भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रिपति बिद्यादेवी भण्डारीसंग भेटवार्ता गरेका छन् । सित्तलनिवास स्थित भएको भेटवार्तामा दुई देशको सर्वपक्षीय हितका कुरामा छलफल भएको छ ।

नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी विदेशमन्त्री एस जयशंकर बुधबार दिउँसो काठमाडौं आएका हुन् ।

बिहीबार बिहान जयशंकरले राष्ट्रपति निवास पुगेर शिष्टाचार भेट गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् ।

बुधबार नै जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए । आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी आजै भारत फर्कने छन् ।

हेर्नुस् तस्विरहरु : 

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्