Logo
१२ बैशाख २०८१, बुधबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप क्रिकेट : श्रीलङ्कासँग नेपालको पहिलो खेल

काठमाडौं :   यसै महिना श्रीलङ्कामा एसिसी यू-१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेट आयोजना हुन गइरहेको छ । उक्त प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्कासँग सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।

त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ । राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू-१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्