Logo
१२ बैशाख २०८१, बुधबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमूल्य जडीबुटी यार्सागुम्बा : भारत हुँदै भुटान तस्करी

भद्रपुर : नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भारत हुँदै भुटानसम्म तस्करी हुने गरेको रहस्य खुलेको छ ।

भारतीय सशस्त्र प्रहरी बल ५३ बी बटालियन (एसएसबी) र वन कर्मचारीको संयुक्त टोलीले सोमबार राति ५ किलो यार्सागुम्बासहित तीन जना भुटानी नागरिकलाई पक्राउ गरेसँगै यस्तो रहस्य खुलेको हो ।

संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारत-भुटानको सीमावर्ती नाकास्थित जयगाँउ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। पक्राउ पर्नेहरूमा भुटानी नागरिक थिम्फूका छोटेन नामग्याल, दोर्जी कियांग केसबू र दोर्जी शामिल रहेको भारतीय एसएसबीले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाही लागि हैमिल्टनगञ्ज रेन्जर वन विभागलाई बुझाइसकेको जनाइएको छ । बरामद गरिएको यार्सागुम्बाको मूल्य करिब एक करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा नेपालबाट भारत हुँदै भुटान लगायत अन्य देशहरूमा समेत तस्करी हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यार्सागुम्बा बहुमूल्य जडीबुटी हो । विभिन्न रोगको निवारणका लागि यार्सागुम्बा प्रयोगमा आउने गरेको वन कर्मचारीहरू बताउँछन् ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्