Logo
११ बैशाख २०८१, मंगलबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा बन्यो खोलाबिनाको पुल : जहाँ जाने बाटो पनि छैन

नेपालगन्ज :  प्राय: पुल त्यहाँ बनाइन्छ जहाँ खोला अथवा नदी हुन्छ । देशका कतिपय यस्ता ठाउँहरु छन् जहाँ पुल नहुँदा स्थानीयले धेरै सास्ती व्यहोरेका छन् ।

तर नेपालगञ्जमा एउटा यस्तो ठाउँमा पुल बनेको छ जहाँ खोला नै छैन अर्थात बिना खोला नै पुल निर्माण गरिएको छ ।

नेपालगञ्जको नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको एक पुलको तल कुनै नदी नै छैन । सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा उक्त पुल राप्ती नदीमाथि बनाइएको उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालयले डिजाइन गरेर आर्थिक वर्ष २०७५ र ०७६ मा सम्पन्न भएको यो पुल रु.२५ लाखमा बनेको हो ।

राप्ती नदीमाथि बनाइएको अभिलेख भएको पुलको छेउमा नदी नै छैन । त्यति मात्र होइन उक्त पुलले सडकलाई पनि छोएको छैन ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्