Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा स्थानीयवासीद्वारा वडाअध्यक्षमाथि कालोमोसोसहित हातपात

जनकपुर : पर्सामा एक जनप्रतिनिधिलाई स्थानीयवासीले कालोमोसो दलेका छन् ।

पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासीले कालोमोसोसहित हातपात गरेका हुन् ।

वडाध्यक्ष चौहानले अपशब्द प्रयोग गरेपछि आक्रोशित स्थानीयवासीले दुव्र्यवहार गरेको बताए । स्थानीय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेको समूहले वडाध्यक्ष चौहानमाथि हातपातसहित कालोमोसो दलेको हो ।

केही समय पहिले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीमाथि पनि विकास निर्माणकै विषयमा विवाद हुँदा कुटपिट भएको थियो ।

विगत केही दिनदेखि पर्साका स्थानीयतहमा जनप्रतिनिधिहरुको कार्यशैलीप्रति स्थानीयवासीहरुको आक्रोश बढ्दै गएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्धमा स्थानीयवासीहरु अगाडि बढ्दै गएका छन् ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्