Logo
१३ बैशाख २०८१, बिहीबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यादीमा वडाध्यक्षलाई कार्यकक्षमै मोसो र चप्पल लगाएर दुर्व्यवहार

काठमाडौं : म्यादी जिल्लाको बेनी नगरपालिका-२ का वडाध्यक्षलाई कार्यकक्षमै मोसो र चप्पल लगाई दिएका छन् ।

वडाध्यक्ष हिराबहादुर थापालाई कार्यालयमा काम गरिरहेकै अवस्थामा अपरिचित समूहले मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो ।

बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्