Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारीमा नेपाली सेना

काठमाडौं : नेपाली सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको बताएको हो ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भईसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा भ्mउबलभ िक्अजयय िको व्यवस्था गर्ने योजना रहेको बताए ।

निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।

निर्देशनालयले काठमाण्डौ उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।

वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ ।

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब :

सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।

कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको कोषका निर्देशक केसीले जानकारी दिए ।

कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् ।

कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर रु पाँच करोडबाट रू दुई लाख ६६ हजारमा झारेको छ ।

यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको रु ५० करोड २३ लाख ८६ हजार बेरुजु रहेकामा अघिल्लो वर्ष नै रू ३० करोड ४० लाख ७३ हजार फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्