Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री लालबाबु पण्डितमाथि सार्वजनिक कार्यक्रमस्थलमै दुर्व्यवहार, अंगरक्षकले यसरी जोगाए

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सार्वजनिक कार्यक्रमस्थलमै दुर्व्यवहार गरेका छन् ।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका आदिवासी जनजाति युवा विद्यार्थीका एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकमा अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए ।

भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिए । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज र्ग लगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।

बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्