Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसले विप्लव समूहलाई किन काखी च्यापेको ? सञ्चारमन्त्री बास्कोटा

काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान दोर्होयाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको बताउँदै मन्त्री बाँस्कोटाले संसदीय समितिले छानबिन गर्दैमा समस्या समाधान नहुने बताए ।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाइरहेको दृष्टिकोण स्पष्ट पार्नु समेत आग्रह गरे ।

’संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको?’, उनले प्रश्न गरे। भोजपुरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीचको झडप हुँदा बुधबार बिहान दुवै पक्षका १/१ जनाको ज्यान गएको थियो ।

उक्त घटनालाई लिएर कांग्रेसले सरकारले ‘मृत्युको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन र संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गरे । ’कांग्रेसको चरित्र के हो? दिनभरी बिपी, रातभरी विप्लव?’, बाँस्कोटाले भने।

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्