Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अप्रेशन क्लिन चितवन अभियान’ २ दिनमा परे ९३ जना पक्राउ

चितवन : मंगलबारबाट चितवनमा लागू औषध नियन्त्रणका लागि चितवन प्रहरीले ‘अप्रेशन क्लिन चितवन अभियान’ सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले ‘अप्रेशन क्लिन चितवन अभियान’ लाई तीव्र पारेका हुन् ।

जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । त्यस्तै दोस्रो दिन बुधबार पनि ५३ जनालाई पक्राउ गर्न आफ्नो टिम सफल भएको उनले बताए । पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् ।

एसपी मल्ले भने, ‘अपराधको जड नै लागू औषधबाट हुन्छ । यसकारण पहिलो प्रथामिकतामा राख्दै तल्लो तहबाट नियन्त्रण गर्न ‘अप्रेशन क्लिन चितवन अभियान’ ल्याइएको हो ।’ अप्रेशन क्लिन अन्र्तगत अन्य अपराध नियन्त्रण र हिसां अन्त्यका कामहरु समेत आफूले गर्ने उनको भनाई छ ।

पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागू औषध नियन्त्रण बारेमा प्रशिक्षणसँगै यसबाट हुने क्षति बारेमा जानकारी दिने काम पनि गरेका छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागू औषध प्रयोग गरिरहको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्