Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसमा पनि ओलीको उखानटुक्का : ‘थकित मुद्रामा आँखाबाट आँशु झर्नेगरी प्रधानमन्त्रीको भाषण’

प्रधानमन्त्री केपि शर्मा ओली अहिले विदेश भ्रमणमा रहेका छन् । यद्यपी उनको विशेषता भनेको उखानटुक्का प्रस्तूतीलाई उनले त्यहाँपनि निरन्तरता दिएका छन् । पेरिस स्थित बसोवास रहेका लमजुङ्गकी अनुराधा पौडेलका अनुसार प्रधानमन्त्री निकै थकित मुद्रामा देखिएका छन् । यद्यपी उनले तयहाँपनि उखानटुक्काको निरन्तरतालाई भने कायम राखेका छन् ।

पौडेलले आफ्नो फेसबुक पोष्टमा लेखेकी छन् ‘यो एक हप्तामा मैले प्रधान मन्त्रीसँग दुईपटक भेट्ने मौका पाएँ जेनेभा र पेरिसमा । जेनेभामा उहाँ उत्साहित मुडमा हुनुहुन्थ्यो । रमाई रमाई तस्बिर खिच्नुभयो । आज पेरिसमा भने उहाँ थकित ! तस्बिर धेरै खिच्न रुचाउनुभएन ।’

उनले लेखेकी छन् ‘बिहान उहाँले एसियन आर्ट संग्राहलय म्युजे गिमे हेर्नुभो । आज दिउसो हामीहरु सँग भुल्नुभयो र हाम्रो कार्यक्रम पछि उहाँ फ्रान्सेली प्रधानमन्त्री भेट्ने र यहाँको सँसदले आयोजना गरेको रात्रीभोजमा जाने कार्यक्रम थियो । यतिमात्र नभै उहाँ जसरी पनि अस्ति भर्खर ह्वार ह्वार जलेको नोथ्रदाम चर्च हेर्न जाने योजना छ । जेनेभाको भाषणमा जोस र जाँगर थियो । उहाँको भाषण सुनेर आँखाबाट आँशु आएको थियो । उहाँले भन्नुभएको थियो, बिदेसमा बस्ने तपाईहरु सबैले देशलाई माया गर्नुहुन्छ । आफ्नो ठाउँबाट देशलाई केहि दिनुस । सक्नुहुन्छ मद्दत गर्नुस । सक्नुहुन्न जय नेपाल भन्नुस । आज उहाँले हामीहरुलाई फुरुक्क फुर्काएर भन्नुभयो, तपाई बिदेसमा बस्नेहरु अघोषित राजदुत हो देशको हितमा सकेको गर्नुहोस् । तर आवाजमा जोश थिएन । उहाँ अझै भोली फ्रान्सको हिमाली क्षेत्र सामोनी जाँदै हुनुहुन्छ । त्यहाँ पनि दिनभरीको कार्यक्रम छ । लगातारका कार्यक्रम र धपेडीले उहाँ थाक्नुभएको प्रष्ट देखियो । आशा गरौँ देश नफर्कुन्जेल उहाँ बिरामी पर्नुहुनेछैन ।’

पेरिसमा प्रधानमन्त्रीको एक उखानटुक्काको सारसँक्षेप : 
सँगै जन्मेको एक मानिसको बच्चा र भैँसीको पाडोलाई सँगै स्कुल हाल्यो भने मानिसको बच्चाले दुई बर्षमै लेख्न पढ्न सिक्छ तर भैसीको पाडोले आँई नै गर्छ । मानिसले लेख्न पढ्न किन थाल्छ भने मानिसको जिनमा सँझन सक्ने तत्व हुन्छ र मौका पाउँदा प्रष्फुटीत हुन्छ ।तर भैसीको पाडोबाट त्यो सँभव छैन । हामी नेपालीहरु विद्वान ऋषिमुनिका सन्तानहरु हौँ । अरुहरुको सभ्यता र सँस्कृतको बिकास हुनु पहिले हामीहरु बिकसित थियौँ । (भारत बर्ष सभ्यतालाई ईन्डिकेट) । बिबिध कारणले हामीहरु केहि शताब्दी पछि पर्यौ र अरुहरु बिकसित भए । अहिले कुनै पनि नेपालीले उचित मौका पायो भने उसको केहि शताब्दी शुसुप्त रुपमा रहेको विद्वान जिन सक्रिय हुन्छ र नेपालीले केहि गरी देखाउँछ । यसले देशलाई समृद्दिको बाटोमा लान मद्दत पुग्छ ! हामी छिटै देशलाई बिकास गर्न सक्छौँ ।

प्रधानमन्त्रीको टीमले केबुलकार चढेर युरोपको अग्लो हिमाल हेर्ने
पौडेलका अनुसार प्रधानमन्त्रीको टीम आज शुक्रबार केबुलकार चढेर युरोपको अग्लो हिमाल मो ब्लँ  (Mont Blanc) जाँदैछ । उक्त टीम फ्रान्सेली साईड बाट उक्लदैछ र यो सेतो पहाड (युरोपमा हिमाल भनिन्न) फ्रान्स र ईटाली सीमानामा पर्छ । फ्रान्स र ईटाली दुबैतिर बाट केबुलकार चढेर यस सेतो पहाडको दृश्याबलोकन गर्न सकिन्छ । नेपाल फ्रान्स दौत्य सम्बन्धको ७० बर्षको अबसरमा प्रधानमन्त्री ओली फ्रान्सको भ्रमणमा रहेका छन् ।

शब्द तस्विर : अनुराधा पौडेल/पेरिस

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्